काठमाडौं- काठमाडौं महानगरपालिकाका नवनिर्वाचित उपमेयर सुनिता डंगोलले पद तथा गोपनियताको शपथग्रहण गरेकी छिन् ।
प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आयोजित समारोहकाबीच नवनिर्वाचित उपमेयर डंगोलले मेयर बालेन्द्र साहसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेकी हुन् ।
मेयर साहलाई काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले शपथ ग्रहण गराएका थिए । त्यसपश्चात मेयर साहले उपमेयर डंगोललाई शपथग्रहण गराएका हुन् ।
आजै सोही समारोहमा प्रमाणपत्र तथा वितरण गरिएको थियो ।
केही बेरमा ३२ वटै वडाका नवनिर्वाचित वडाअध्यक्ष तथा सदस्यहरुलाई मेयर साहले पद तथा गोपनियताको शपथ ग्रहण गराउँदैछन् ।
Comments







