काठमाडौं- काठमाडौं महानगरपालिकाका नवनिर्वाचित बालेन शाहले नेपाल भाषामा पनि सपथ लिएका छन्।
सोमबार आयोजित सपथ ग्रहण कार्यक्रममा शाहले नेपाल भाषामा सपथ ग्रहण गरेका छन्। काठमाडौं जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले सथप ग्रहण गराएका थिए।
सुरूमा नेपालीमै सपथ लिएका शाहले पछि फेरि नेपाल भाषामा सपथ लिएका हुन्। यस्तै, खतिवडाले उपप्रमुख पदमा निर्वाचित सुनिता डंगोललाई पनि सपथ ग्रहण गराएका हुन्।
Comments
Source:
Smart Akshyar Media







