काठमाडौं – चितवनको भरतपुर महानगरकी मेयर रेनु दाहाल चढेको गाडी दुर्घटनामा परेको छ । शुक्रवार दिउँसो ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज अगाडि गाडी दुर्घटनामा परेको हो । टायर पञ्चर भएका कारण पोलमा ठोक्किएर गाडी दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
घाइते भएकी मेयर दाहालको ललितपुरको सुमेरु अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको सुरक्षा स्रोतले बतायो ।
Comments







