काठमाडौं – स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौं महानगरपालिकाको मतगणना जारी छ । अब २२ हजार ५६४ मत गन्न बाँकी छ ।
पछिल्लो गणनाअनुसार प्रमुख पदमा स्वतन्त्र उमेदवार बालेन्द्र साह (बालेन)ले ५४ हजार ७१८ मत पाएका छन् । उनको जित निश्चितजस्तै भइसकेको छ ।
नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंह ३४ हजार ६०८ मतसहित दोस्रो स्थानमा छिन् । नेकपा (एमाले)का उमेदवार केशव स्थापित ३३ हजार ९७५ मतका साथ तेस्रो स्थानमा छन् ।
उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले फराकिलो अग्रता कायम राखेकी छन् । उनले ६० हजार ६७५ मत पाएकी छन् ।
उनका प्रतिस्पर्धी नेकपा (एकीकृत समाजावदी)का रामेश्वर श्रेष्ठले २० हजार ६८६ मत पाएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी बिनिता मगैयाले १० हजार ६१० मत पाएकी छन् ।







