काठमाडौं – ललितपुर महानगरपालिका प्रमुखमा नेपाली कांग्रेसका चिरिबाबु महर्जन दोहोरिएका छन् । ८५ हजार ९६५ मत खसेको ललितपुर महानगरमा महर्जनले ४२ हजार ७२२ मत पाए ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का हरिकृष्ण व्यञ्जनकारले २४ हजार ५६० मत ल्याए ।
त्यस्तै उपप्रमुखमा प्रमुखमा एमालेकी मन्जली शाक्य निर्वाचित भएकी छन् । उनले गठबन्धनतर्फका प्रतिस्पर्धी बाबुराज बज्राचार्यलाई पराजित गरेकी हुन् ।
शाक्यले २५ हजार ८४ मत ल्याउँदा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका बज्राचार्यले १८ हजार ७५२ मत ल्याए ।







