काठमाडौं – सरकारले आगामी आर्थिक वर्षदेखि जग्गाको किनबेच विशिष्टिकृत संस्थाबाट मात्रै गर्ने भएको छ ।
वैज्ञानिक भूमि व्यवस्थापन कार्यक्रम अँगाल्ने, वैज्ञानिक भूमि व्यवस्था कार्यक्रम लागू गरिने र विशिष्टिकृत संस्थाबाट मात्रै जग्गाको कारोबार गर्ने कार्यक्रमलाई प्राथमिकता दिइने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलवार संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम पेश गर्दै व्यवस्थित जग्गा किनबेचको व्यवस्था गर्ने बताएकी हुन् ।
Comments
Source:
smart akshyar media







