काठमाडौं – काठमाडौं महानगरपालिकामा एक लाख ४२ हजार ९० मतको गणना सकिएको छ ।
सोमबार राति १० बजेसम्म मेयरका स्वतन्त्र उमेदवार बालेन शाहले ४८ हजार ८९ मत पाएका छन् ।
दोस्रो स्थानकी नेपाली कांग्रेसकी सिर्जना सिंहले २९ हजार १८० मत प्राप्त गरेकी छन् ।
उनलाई पछ्याइरहेका एमालेका केशव स्थापितले २८ हजार ३२६ मत पाएका छन् । उनी सिर्जनाभन्दा ८५४ मतले पछाडि छन् ।
Comments







