काठमाडौं- साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार राताम्य बनेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ३४ दशमलव २१ अन्कले घटेर २२ सयको बिन्दुमा रोकिएको छ ।
यस्तै, ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक ५ दशमलव ६९ अंकले घटेर ४२९ दशमलव ०५ बिन्दुमा पुगेको छ ।
आज कारोबार रकम भने बढेको छ । शुक्रबार १ अर्बभन्दा तल झरेको बजार आज एक अर्ब ३६ करोड ९५ लाख १३ हजार १९२ रुपैयाँको कारोबार भएको छ । २२४ कम्पनीको ३९ लाख १७ हजार ६५५ कित्ता सेयर किनबेच हुँदा सो रकमको कारोबार भएको नेप्सेले जनाएको छ ।
आज १३ वटै सूचक राताम्य बनेको छ । १३ कम्पनीको मात्र सेयर मूल्य बढेको छ । १७८ कम्पनीको सेयर मूल्य घट्दा एक कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन ।







