काठमाडौं- काठमाडौं महानगरपालिकामा वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनको मतगणना जारी छ ।
एक लाख ३५ हजार ६९३ मत गन्दा स्वतन्त्र उमेदवार बालेन्द्र शाह (बालेन)ले ४६ हजार ४७६ मत प्राप्त गर्दै पहिलो स्थानमा छन् ।
नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले २७ हजार ७९९ मत प्राप्त गर्दै दोस्रो स्थानमा छिन् । नेकपा एमालेका केशव स्थापित २६ हजार ८६१ मतसहित तेस्रो स्थानमा छन् ।
Comments
Source:
smart akshyar media







