Wednesday, June 17, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

७१५ पालिकाको परिणाम : कुन दलकाे अवस्था कस्ताे ?

Sunday, May 22, 2022
७१५ पालिकाको परिणाम : कुन दलकाे अवस्था कस्ताे ?
993
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ — स्थानीय तहको निर्वाचनको परिणाम आउनेक्रम अन्तिम चरणमा छ । अहिलेसम्म ७१५ स्थानीय तहको मतगणना सम्पन्न भएर परिणाम सार्वजनिक भइसकेको छ भने अब पाँच महानगरपालिकासहित ३८ स्थानीय तहको परिणाम आउन बाँकी छ । यो समाचार तयार पार्दासम्म नेपाली कांग्रेसले ३१४ स्थानमा प्रमुख जितेको छ । कांग्रेसले विगतभन्दा ४८ स्थानमा बढी जितेको हो ।

त्यस्तै, नेकपा एमालेले १९३, माओवादी केन्द्रले १२०, नेकपा एकीकृत समाजवादीले १७, जनता समाजवादी पार्टी (जसपा)ले २९ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले १४ स्थानमा जितेका छन् । ०७४ को निर्वाचनमा २९४ स्थानीय तह जितेको एमालेले यसपटक १०१ सीट गुमाएको छ भने माओवादी केन्द्रले विगतभन्दा १४ स्थान बढी जितेको छ ।

अहिलेसम्मको परिणामअनुसार माओवादी केन्द्रले २६ जिल्लामा कुनै पनि पालिकाको प्रमुख पदमा जित्न सकेन । त्यस्तै, कांग्रेस दुई र एमाले १० जिल्लामा शून्य भएका छन् । कांग्रेसले पूर्वी रुकुम र दार्चुलाका कुनै पनि स्थानीय तहमा प्रमुख जित्न सकेन । पूर्वी रुकुमका तीन वटा पालिकामा माओवादी र एमालेले प्रमुख/उपप्रमुख पद जित्दा कांग्रेस बढारिएको छ ।

Order Cake Order Cake Order Cake

एमालेले सर्लाही, गोरखा, पूर्वी रुकुम, बाँके, कालीकोट, जुम्ला, रुकुम पश्चिम, मुगु, हुम्ला र डडेलधुराका कुनै पनि स्थानीय तहको प्रमुख पदमा जित हासिल गर्न सकेन । तीमध्ये गोरखा, बाँके, जुम्ला, रुकुम पश्चिम, हुम्ला र डडेलधुराबाट एमाले बढारिएको छ । यी जिल्लामा एमाले प्रमुख र उपप्रमुख दुवै पदमा आउन सकेन ।

माओवादी केन्द्रले जित्न नसकेका २६ मध्ये १४ जिल्लामा उपप्रमुख पदमा समेत माओवादी केन्द्रका उम्मेदवार विजयी भएनन् । इलाम, झापा, सुनसरी, पर्सा, महोत्तरी, काठमाडौं, चितवन, रसुवा, कास्की, नवलपरासी पूर्व, मुस्ताङ, स्याङ्जा, रुपन्देही र बाजुरा गरी १४ जिल्लामा प्रमुख र उपप्रमुख दुवै पदमा माओवादी केन्द्र नील भएको छ ।

त्यस्तै, तेह्रथुम, धनकुटा, मोरङ, संखुवासभा, भक्तपुर, ललितपुर, पर्वत, मनाङ, म्याग्दी, लमजुङ, अर्घाखाँची, कपिलवस्तुमा प्रमुख पदमा जितेको छैन ।

देशभर २९ स्थानीय तह जितेको जसपाले ६२ जिल्लामा प्रमुख वा उपप्रमुख दुवै पदमा एक सिट पनि जित्न सकेन । जसपाले महोत्तरीका ५, सिराहाका ४, धनुषा, पर्सा, बारा र सप्तरीका ३–३ र सर्लाहीका २ स्थानीय तहमा प्रमुख जितेको छ भने ओखलढुंगा, सुनसरी, रौतहट, कपिलवस्तु र रुपन्देहीमा १–१ स्थानीय तहको प्रमुख जितेको छ ।

देशभर १७ स्थानीय तहको प्रमुख जितेको नेकपा एकीकृत समाजवादीले ५२ जिल्लाका स्थानीय तहमा प्रमुख वा उपप्रमुख जित्न सकेन । एमाले विभाजन पछि जन्मिएको समाजवादी २५ जिल्लामा सीमित भएको हो । समाजवादीले यीमध्ये इलाम, उदयपुर, सिराहा, रौतहट, दोलखा, काभ्रे, धादिङ, मकवानपुर, चितवन, सल्यान, डोल्पा, मुगु, बझाङ र कैलाली गरी १४ जिल्लामा मात्रै प्रमुख पदमा जितेको हो ।

त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीले १४ स्थानमा जितेको छ । यो पार्टी सप्तरी, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रुपन्देही र कपिलवस्तु गरी आठ जिल्लामा सीमित भएको छ । लोसपाले महोत्तरीमा ५, बारा र सप्तरीमा २–२ र पर्सा, रौतहट, सर्लाही र कपिलवस्तुमा १–१ स्थानीय तह जितेको छ ।

निर्वाचन आयोगका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीले झापाको दमक, काठमाडौंको शंखरापुर, कपिलवस्तुको शिवराज नगरपालिका र झापाको हल्दीवारी गाउँपालिकामा प्रमुख पद जितेको छ । रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले कैलालीका टिकापुर नगरपालिकासहित चार स्थानीय तहमा जितेको छ । १० वटाभन्दा धेरै स्थानीय तहमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

स्थानीय चुनावको परिणामअनुसार सातै प्रदेशमा कांग्रेस पहिलो पार्टी बनेको छ । एमाले दोस्रो, माओवादी केन्द्र तेस्रो र जसपा चौथो पार्टी बनेका छन् ।

मतपरिणाम आउन बाँकी रहेका स्थानीय तहमध्ये काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन साह अगाडि छन् । पोखरामा एकीकृत समाजवादी, भरतपुरमा माओवादी केन्द्र, ललितपुरमा कांग्रेस र वीरगञ्जमा जनता समाजवादी पार्टी फराकिलो मतान्तरसहित अगाडि छन् । ११ उपमहानगरपालिकामध्ये धनगढी, हेटौंडा, बुटवल, नेपालगञ्ज, इटहरी, घोराही, कलैया र जितपुर सिमराको परिणाम आइसकेको छ भने तुलसीपुरमा एमाले, जनकपुरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी र धरानमा स्वतन्त्र उम्मेदवार हर्कराज राईले अग्रता बनाएका छन् ।

नतिजा आइसकेकामध्ये धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल, हेटौंडामा एकीकृत समाजवादी, बुटवल, नेपालगञ्ज र इटहरीमा कांग्रेसले जितेका छन् भने घोराही र कलैयामा एमाले तथा जितपुर सिमरामा माओवादी केन्द्र निर्वाचित भएको छ ।

Comments
Share
Source: Smart Akshyar Media

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki