पोखरा – पोखरा महानगरपालिकामा धनराज आचार्यले मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।
हालसम्म एक लाख एक हजार १२१ मतगणना हुँदा गठबन्धनबाट प्रमुख पदका उमेदवार नेकपा ९एकीकृत समाजवादी०का धनराज आचार्यले ४१ हजार ७०५ मत प्राप्त गरेका छन् ।
यसैगरी, एमालेका प्रमुख पदका उमेदवार कृष्णबहादुर थापाले ३८ हजार ३१० मत प्राप्त गरेका छन् ।
उपमेयरमा भने एमालेकी मञ्जुदेवी गुरुङको अग्रता कायमै छ । उहाँले अहिलेसम्म ४३ हजार ६ सय १६ मत पाउनु भएको छ । नेपाली कांग्रेसकी कोपिला रानाभाटले ४१ हजार ९ सय २० मत पाउनु भएको छ ।







