काठमाडौं – ब्युटी प्याजेन्टको नाममा नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका मनोज पाण्डे पक्राउ परेका छन् ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी वसन्त कुँवरका अनुसार उनलाई स्वयम्भुबाट पक्राउ गरिएको हो । ८ वर्षअघि ब्युटी कन्टेस्टको नाममा काठमाडौंको एक होटलमा बलात्कार गरेको आरोप लगाउँदै ती युवतीले सामाजिक सञ्जाल टिकटकमा २० वटा भिडियो पोष्ट गरेकी थिइन् ।
Comments







