काठमाण्डौ – काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले १६ हजार १ सय २६ मतकाे अग्रता बनाउनु भएको छ ।
पछिल्लो मत परिणाम अनुसार उहाँले ३५ हजार ३ सय ७४ मत ल्याउनु भएको छ ।
एमालेका उम्मेदवार केशव स्थापितले अहिलेसम्म १९ हजार २ सय ४८ मत प्राप्त गर्नुभएको छ । कांग्रेसकी सिर्जना सिंहले १९ हजार ८३ मत ल्याउनु भएको छ।
उपमेयरमा भने एमालेकी सुनिता डङ्गोलको अग्रता कायमै छ । उहाँले अहिलेसम्म ३४ हजार ५८सय ४८ मत पाउनु भएको छ ।
एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ११ हजार ४ सय ९० मत पाउनु भएको छ ।







