काठमाडौँ — स्थानीय तह निर्वाचन अन्तर्गत शनिवार बेलुका ५ः०० बजेसम्म ६९३ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । वैशाख ३० गते भएको ७५३ स्थानीय तहमा भएको मतदानअनुसार उपमहानगर, नगरपालिका र गाउँपालिका गरी ६९३ स्थानको अन्तिम नतिजा आएको हो ।
जसमा ३०७ पालिका जित्दै नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ । दोस्रोमा रहेको नेकपा एमालेले १८८ र तेस्रोमा रहेको नेकपा माओवादी केन्द्रले ११९ स्थान जितेका छन् ।
यस्तै जनता समाजवादी पार्टीले २५, नेकपा (एकीकृत समाजवादी) ले १७, लोकतान्त्रिक समाजवादी पार्टीले १० स्थानमा प्रमुख पद जितेका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल लोकतान्त्रिक पार्टीसहित स्वतन्त्रतर्फका उम्मेदवारले २७ ठाउँमा जित हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।








