तनहुँ- व्यास नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले अग्रता कायम राखेका छन् ।वैशाख ३० गते भएको निर्वाचनको दिन झडप भएपछि व्यासको एउटा वडामा बुधवार निर्वाचन भएको थियो । कांग्रेस उम्मेदवार बैकुण्ठ न्यौपानेलाई पछि पार्दै जोशीले अग्रता लिएका हुन् ।
पछिल्लो नतिजा अनुसार जोशीले ६ हजार ९८२ मत पाउँदा न्यौपानेले ६ हजार ७७९ मत पाएका छन् ।
व्यासमा १६ हजार ८६७ मत गणना भएको छ । जसमा उनीहरूबीचको मतान्तर २०३ रहेको छ ।
Comments







