चितवन – भरतपुर महानगरपालिकाको जारी मतगणनामा मेयर पदमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले मतान्तर फराकिलो पार्दै अग्रता कायम राखेकी छन् ।
७० हजार ४७४ मत गन्दा दाहालले २७ हजार ४१२ मत ल्याएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले २२ हजार २७९ मत ल्याएका छन् ।
दाहाल सुवेदीभन्दा ५ हजार १३३ मतले अगाडि छिन् । यस्तै अर्का उम्मेदवार जगन्नाथ पौडेलले ९ हजार ५५२ मत ल्याएका छन् । उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले २९ हजार ५२५ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाकी हिमला गुरुङले १७ हजार ३२५ मत ल्याएकी छन् ।







