भरतपुर : भरतपुर महानगरपालिकाको सबैभन्दा बढी मतदाता रहेको वडा नम्बर एघार हो। जुन वडा एमालेले सधैं जित्दै आएको छ।
पाँच दलीय गठबन्धन गर्दा पनि ७ हजार २८२ मत गणनामा ६९८ मतले एमालेका उम्मेदवार माओवादी केन्द्रका उमेदवारभन्दा अघि छन्। तर मेयरमा एमालेका बिजय सुवेदीमाभन्दा माओवादी केन्द्रका उमेदवार रेनु दाहाल १ सय ६१ मतले अगाडि छिन्।
पछि परेका विजय सुवेदी यहि वडाबाट ॠण तिरेर अगाडि पर्ने आसमा थिए। तर रेनुको पक्षमा मत धेरै गएको छ। उक्त वडामा एमालेको मत रेनुलाई खसेको हो। वडा नम्बर १२ मा भने ३ हजार ४४० गणना गर्दा सुवेदी २ सय ३५ मतले अघि छन्।







