काठमाण्डौ – काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले १३ हजार ३ सय १२ मतकाे अग्रता बनाउनु भएको छ ।
पछिल्लो मत परिणाम अनुसार उहाँले २८ हजार २ सय ९२ मत ल्याउनु भएको छ ।
एमालेका उम्मेदवार केशव स्थापितले अहिलेसम्म १४ हजार ९ सय ८० मत प्राप्त गर्नुभएको छ । कांग्रेसकी सिर्जना सिंहले १४ हजार ६ सय ५६ मत ल्याउनु भएको छ।
अहिलेसम्म ७४ हजार १ सय ९३ मत गणना भएको छ ।
उपमेयरमा भने एमालेकी सुनिता डङ्गोलको अग्रता कायमै छ । उहाँले अहिलेसम्म २७ हजार ५ सय २६ मत पाउनु भएको छ ।
एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ८ हजार ९ सय १४ मत पाउनु भएको छ ।







