काठमाडौं – काठमाडौंमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै छ ।
शुक्रवार बिहानसम्म ६९ हजार ६८२ मतगणना हुँदा साहले १२ हजार १९ मतको अग्रता कायम गरेका छन् ।
ताजा मतपरिणाम अनुसार साहले २६ हजार ७५ मत पाएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी एमालेका केशव स्थापितले १४ हजार ५६ मत पाएका छन् ।
सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले १३ हजार ९१ मत पाएकी छन् ।
यसैगरी उपमेयरमा सुनिता डंगोलले अग्रतालाई कायमै राखेकी छन् । सुनिताले २६ हजार ६ मत पाउँदा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ८ हजार ४२७ मत पाएका छन् ।
Comments







