काठमाडौं – काठमाडौं महानगरका स्वतन्त्र मेयर उम्मेदवार बालेन साहसँग एमालेका केशव स्थापितले मतान्तर घटाउँदै गएका छन् ।
यसअघि ११ हजार २०४ मतान्तर थियो । अहिले घटेर १० हजार ९३० मा झरेको छ ।
कोर एरियाको मतगणना हुँदै गर्दा सामान्य भए पनि मतान्तर घटाउन स्थापित सफल भएका छन् ।
६३ हजार ६७ मतगणना हुँदा बालेनले २३ हजार ७९५ मत ल्याएका छन् । स्थापितले १२ हजार ८६५ मत ल्याएका छन् ।
यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले ११ हजार ७६४ मत ल्याएकी छन् ।
Comments







