काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवारमाथि ८ हजार ७१४ मतको अग्रता बनाएका छन् ।
जारी मतगणनाको सुरुवातदेखि नै विपक्षीमाथि फराकिलो अन्तर बनाउँदै आएका महर्जनले ३८ हजार ६२५ मतको गणना हुँदा १९ हजार ३२४ मत प्राप्त गरेका छन् । उनलाई नजिकबाट पछ्याइरहेका नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारको मत १० हजार ६१० मात्र छ ।
उपमेयरमा भने एमालेकी मन्जली शाक्य बज्राचार्यको अग्रता कायम छ । बज्राचार्यले १० हजार ४७१ मतका साथ लिड गरिरहँदा माओवादीका बाबुराज बज्राचार्यले ६५९८ मात्र छ







