चितवन । भरतपुर महानगरपालिकामा ४६ हजार ८९६ मतको गणना भएको छ ।
जारी गणनामा मेयरमा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता लिइरहेकी छन् । रेनुले १७ हजार ७९४ मत पाएकी छन् । एमालेका विजय सुवेदीले १४ हजार ४८१ मत पाएका छन् । रेनुले विजयभन्दा ३ हजार ३१३ मतले अगाडि छन् । स्वतन्त्र उमेदवारी दिएका जगन्नाथ पौडेलले ७ हजार १९८ मत प्राप्त गरेका छन् ।
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले २० हजा ३४५ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले ११ हजार ५८९ मत प्राप्त गरेकी छन् ।
Comments







