पोखरा- स्थानीय तह निर्वाचनअन्तर्गत पोखरा महानगरपालिकामा मतगणना जारी छ । अहिलेसम्म ५२ हजार ८१७ मतगणना गरिएको छ ।
नगर प्रमुख पदमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का उमेदवार धनराज आचार्य निरन्तर अगाडि छन् । पछिल्लो गणनाअनुसार उनले २१ हजार ८८० मत पाएका छन् । नेकपा (एमाले)का उमेदवार कृष्णबहादुर थापाले १९ हजार ३८८ मत ल्याएका छन् ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार शंकर खरालले दुई हजार १८६ मत पाएका छन् । लौरो चुनाव चिह्नबाट प्रतिस्पर्धामा रहेका स्वतन्त्र उमेदवार खडकराज पौडेल (गनेस) एक हजार १८३ मतसहित चौथो स्थानमा छन् ।







