काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले १०हजार १ सय १३ मतले अग्रता कायम राखेका छन् ।
पछिल्लो विवरणअनुसार ५४ हजार ६ सय २१ मत गणना हुँदा बालेनले २१ हजार १ सय ११ मत पाएका छन् ।
उनका निकटतम प्रतिस्पर्धी एमालेका केशव स्थापितले १०हजार ९सय ९८ र कांग्रेसकी सिर्जना सिंहले १०हजार १ सय ७३ मत पाएकी छन् ।
Comments







