चितवन- भरतपुरमा अहिलेसम्म २७ हजार ४३८ मतगणना गरिएको छ । प्रमुख पदमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)की उमेदवार रेनु दाहालले नौ हजार ९७० मत पाएकी । एमालेका उमेदवार विजय सुवेदीले आठ हजार २८५ मत ल्याएका छन् । रेनु र विजयको मतान्तर एक हजार ७१२ छ ।
स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले चार हजार ५०४ मत पाएका छन् । कांग्रेस नेता पौडेल पार्टीले टिकट नदिएपछि भुइँकटहर चुनाव चिह्न लिएर प्रतिस्पर्धामा छन् ।
Comments
Source:
smart akshyar media







