काठमाडौँ — देशभरका ७५३ मध्ये आधाभन्दा बढी पालिकाको मतगणना सकिएको छ । बुधबार बिहान ७ः५० बजेसम्मको परिणामअनुसार ४१५ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । जसमा सबभन्दा बढी १९० पालिका जितेर कांग्रेस पहिलो, ११८ स्थानमा जितेर एमाले दोस्रो र तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ८३ स्थान जितेको छ ।
यस्तै नेकपा (एकीकृत समाजवादी) ले ६, जनता समाजवादी पार्टीले ५ स्थान जित्दा अन्यले १२ पालिकामा जित हासिल गरेका छन् ।
गणना बाँकी रहेका पालिकाहरुमा ठूला दलहरुले नै अग्रता लिइरहेका छन् । कांग्रेस १२६, एमाले ७८, माओवादी केन्द्र ३३ स्थानमा अगाडि छन् ।
स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत वैशाख ३० गते मतदान भएको थियो ।








