चितवन-भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छन् । पछिल्लो विवरणअनुसार २५ हजार ८५८ मत गणना हुँदा उनले १२ सय ५२ मतान्तर बनाएकी छन् ।
उनले ९ हजार २४६ मत प्राप्त गरेकी छन् ।
उनका निकटत प्रतिद्वन्द्वी एमालेका विजय सुवेदीले ७ हजार ९९४ मत पाउँदा स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ४ हजार १९१ मत प्राप्त गरेका छन् । अहिले वडा नम्बर ६ को मतगणना भइरहेको छ ।
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ११ हजार ३५ मत प्राप्त गरेका छन् भने राप्रपाकी हिमला गुरुङले ६ हजार २२५ मत प्राप्त गरेकी छन् ।







