काठमाडौं- शंखरापुर नगरपालिकाको मेयरमा राप्रपाका रमेश नापित विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका उमेदवार लक्ष्मीप्रसाद श्रेष्ठलाई ७ सय ४ मतअन्तरले पराजित गर्दै नापित मेयर निर्वाचित भएका हुन ।
मंगलवार सम्पन्न मतगणनामा नापितले ५ हजार १ सय २ मत प्राप्त गरेका छन् । समाजवादीका श्रेष्ठले ४ हजार ४ सय ७ मत प्राप्त गरेका छन् । स्थानीय माझ लोकप्रिय रहेका नापित नगरपालिकाको मेयर निर्वाचित भए ।
उपमेयरमा नेपाली कांग्रेसकी समिता श्रेष्ठ विजयी भएकी छिन् ।
शंखरापुर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको निर्वाचन क्षेत्र अन्तर्गत पर्दछ।







