काठमाडौं – काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उमेदवार बालेन्द्र साह (बालेन)को फराकिलो अग्रता देखिएको छ । अहिलेसम्म २८ हजार ९०० मतगणना गरिएको छ ।
पछिल्लो मत परिणामानुसार बालेनले ११ हजार ६३२ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का उमेदवार केशव स्थापित र नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंह भने धेरै पछाडि छन् ।
स्थापितले ६ हजार २५९ मत ल्याएका छन् । सिंहले पाँच हजार ४८६ मतसहित स्थापितलाई पछ्याइरहेकी छन् ।
Comments
Source:
Smart Akshyar Media







