चितवन- भरतपुर महानगरपालिकामा जारी मतगणनामा गठबन्धनकी मेयरको उम्मेदवार रेनु दाहालले अग्रता बढाएकी छिन ।
दिउँसो साँढे ३ बजेसम्मको विवरण अनुसार दाहाल एमाले उम्मेदवार विजय सुवेदीभन्दा २१३ मतले अगाडि छिन । दाहालले ६ हजार ६३६ मत पाउँदा एमालेका विजय सुवेदीले ६ हजार ४२३ मत पाएका छन् ।
पाँच दलीय गठबन्धनमा भरतपुरको मेयर माओवादी केन्द्रको भागमा परेको थियो । माओवादी केन्द्रले निवर्तमान मेयर दाहाललाई नै पुनः उम्मेदवार बनाएको हो ।
स्थानीय चुनावमा गठबन्धन गरेर मेयर माओवादी केन्द्रलाई दिएपछि चितवनमा असन्तुष्ट बनेका कांग्रेसकोतर्फबाट उम्मेदवार बनेका जगन्नाथ पौडेलले भने ३ हजार २३७ मत पाएका छन् । उनी बागी उम्मेदवार बनेको भन्दै कांग्रेसले कारबाही गरिसकेको छ ।







