पर्वत- पर्वतको फलेवास नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । जिल्ला निर्वाचन कार्यालयको तथ्यांकअनसार नगरप्रमुखमा नेपाली कांग्रेसका गङ्गाधर तिवारी विजयी भएका हुन् ।
गठबन्धनको सहयोगमा तिवारीले ७ हजार ७ सय प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पदमपाणी शर्माले ६ हजार ३ सय ३८ मत प्राप्त गरे ।
उपप्रमुखतर्फ पनि गठबन्धन नै विजयी बन्यो । गठबन्धनबाट उमेदवार बनेका नेकपा माओवादी केन्द्रबाट शोभाकुमारी क्षेत्री ६ हजार ३ सय २७ मत प्राप्त गरी विजयी भइन् । दोस्रो भएकी एमाले उमेदवार मन्जु अधिकारीले ६ हजार ५७ मत प्राप्त गरिन् ।







