काठमाडौं महानगरको मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले ५१७६ मतले अग्रता लिइरहेका छन् ।
पछिल्लो मतपरिणामअनुसार बालेनले ११ हजार ४३४ मत पाएका छन् ।
निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ६२५८ र गठबन्धनकी साझा उम्मेदवार कांग्रेसकी सिर्जना श्रेष्ठले ५४०८ मत पाएकी छन् ।
Comments
Source:
Smart Akshyar Media







