पोखरा- पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार धनराज आचार्यले अग्रता फराकिलो बनाउँदै लगेका छन्। उनले नेकपा एमालेका उम्मेदवार कृष्ण थापालाई १२ सय ८५ मतले पछि पारेका छन्।
मंगलबार बिहान २० हजार ६ सय ६० गणना हुँदासम्म एमाले उम्मेदवार कृष्ण थापालाई धनराज आचार्यले पछि परेका हुन्। गठबन्धनका उम्मेदवार आचार्यले ८५६३ मत प्राप्त गरेका छन्। एमाले उम्मेदवार कृष्ण थापाले ७ सय २ सय ७८ मत ल्याएका छन्। मेयरमा राप्रपाबाट शंकर खरालले १०२७ मत पाउँदा स्वतन्त्र उठेका गनेश पौडेलले ५२६ मत प्राप्त गरेका छन्।
त्यस्तै, उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाटले ८ हजार ७ सय ७६ मत सहित अग्रता कायम गरेकी छिन्। एमालेका मञ्जुदेवी गुरूङले ८२७१ मत सहित पछ्याइरहेकी छिन्। महानगरको वडा नं १ मा एमाले, वडा नम्बर २, ३, ४ र १२ मा कांग्रेस विजय भइसकेको छ।







