ओखलढुंगा – ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका अध्यक्षमा ज्ञानेन्द्र रुम्दाली र उपाध्यक्षमा आश्रचन राई विजयी हुनु भएको छ ।
अध्यक्षमा निर्वाचित रुम्दाली स्वतन्त्र उम्मेदवार हुनुहुन्छ । उहाँले नेपाली कांग्रेसको समर्थनमा धारा चिन्ह लिएर चुनावमा उठ्नु भएको थियो ।
रुम्दालीले ५ हजार २१ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका रुपलाल तामाङले ३ हजार ८ सय १५ मत पाउनुभयो ।
यस्तै,उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार आश्रचन राई एमाले–जसपा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै विजयी हुनु भयो।
मानेभञ्ज्याङमा एमाले र जसपाले तालमेल गरेका थिए भने अध्यक्षमा कांग्रसले स्वतन्त्रलाई सघाएको थियो । मानेभञ्ज्याङका ९ मध्ये ७ वडामा कांग्रेस र २ वटा वडामा एमालेले जितेको छ ।







