चितवन- भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेकपा एमालेका उमेदवार विजय सुवेदीले अग्रता कायम राखेका छन् । उनले सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उमेदवार रेनु दाहाललाई पछि पारेका हुन् । रेनु दाहाल ५० मतले पछि परेकी छन् ।
११ हजार ३२८ मत गन्दा सुवेदीले तीन हजार ९४४ मत पाएका छन् । दाहालले तीन हजार ८९४ मत ल्याएकी छन् ।
यस्तै, स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले एक हजार ५७२ मत प्राप्त गरेका छन् ।
Comments
Source:
Smart Akshyar Media







