पोखरा- पोखरा महानगरपालिकाको मेयरमा गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता बढाउँदै लगेका छन् ।
हालसम्म ८ हजार ६९३ मत गणना हुँदा आचार्यले ३५७ मतको अन्तर बनाएका छन् ।
हालसम्म आचार्यले ३ हजार ४६५ मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवार कृष्ण थापाले ३ हजार १०८ मत पाएका छन् ।
गठबन्धनबाट उपमेयरकी उम्मेदवार नेपाली कांग्रेसकी कोपिला रानाभाट र एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङबीच थोरै मतान्तर छ । मञ्जुदेवीले ३ हजार ५७५ मत ल्याउँदा कांग्रेसकी रानाभाटले ३ हजार ६०० मत पाएकी छन् । दुवैको मतान्तर २५ मात्रै छ ।







