भरतपुर महानगरपालिकामा विजय सुवेदीले रेणु दाहाललाई पछि पारेका छन् ।
पछिल्लो मत परिणाम अनुसार सुवेदीले २६ सय ९३ मत ल्याएका छन भने रेणु दाहालले २६ सय ७९ मत ल्याएकी छन् ।
काठमाडौं महानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार वालेन साहको ४२सय ५९ मतसहित पहिलो स्थानमा निरन्तर कायम गरिरहेका छन्। पछिल्लो मतपरिणाम अनुसार उनी नेकपा एमालेका केशव स्थापित भन्दा दुई हजार मतले अगाडि रहेका छन् ।
स्थापित २२ सय ३७ मतसहित दोस्रो र नेपाली काँग्रेसका सिर्जना सिंह २ हजार १८ मतसहित तेस्रो स्थानमा छन् ।
आइतबार साँझ ८ बजेसम्म भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा काठमाडौं महानगरको छ वटा काउन्टरमार्फत मतगणना कार्य जारी रहेको छ ।







