चितवनको भरतपुर महानगरपालिकामा अहिले वडा नम्बर २ को गणना भइरहेको छ ।
३५०० मत गणना हुँदा माओवादी केन्द्रकी रेनु दाहाल दुई मतले अगाडि छिन् । उनले २४२५ मत प्राप्त गरेकी छन् ।
एमालेका विजय सुवेदीले २४२३ मत प्राप्त गरेका छन् । स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ७९८ मत प्राप्त गरेका छन् ।
उप्रमुखमा भने कांग्रेसका चित्रसेन अधिकारीले २६६४ र राप्रपाकी हिमला गुरुङले १९४३ मत प्राप्त गरेकी छन् ।
काठमाडौं महानगरपालिकामा बालेन शाहको दोब्बरको अग्रता कायमै छ । पछिल्लो अपडेटअनुसार बालेनको मत ३८३४ पुगेको छ ।
काठमाडौंमा एमालेका उम्मेदवार केशव स्थापितले १९९६ मत ल्याएका छन् । उनी बालेनभन्दा १८३८ मतले पछाडि छन् ।
कांग्रेसकी सिर्जना सिहले १८०२ मत पाएकी छिन् । अहिले काठमाडौंमा वडा नम्बर १, २, ३, ४ र ३२ को मतगणना भइरहेको छ ।







