काठमाडौं – काठमाडौं महानगरपालिकामा बालेन शाहको अग्रता कायमै छ । स्वतन्त्र उम्मेदवार बालेन साहले ३५ सय ३२ मत ल्याएर फराकिलो अन्तर कायम राखेका छन् । ।
काठमाडौंमा एमालेका उम्मेदवार केशव स्थापितले १८ सय ५६ मत ल्याएका छन् ।
भरतपुर महानगरपालिकाको जारी मरगणनामा मेयरका लागि गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालको मत २ हजार कटेको छ ।
आइतबार अपराह्न पौने ५ बजे बजेसम्म पाँच हजार ६७७ मत गणना भएको छ। जसमा दाहालले २००६ मत पाएकी छन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले)का विजय सुवेदीले १९५४ मत पाएका छन्। तेस्रो नम्बरमा रहेका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६५१ मत पाएका छन्।
यसअघिको अपडेटमा भन्दा रेणुको अग्रता भने घटेको छ । अघिल्लो अपडेटमा रेणुको अग्रता ५३ मतको थियो अहिले त्यो ५२ मा झरेको छ ।







