चितवन – चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनका तर्फबाट प्रमुख पदमा नेकपा (माओवादी केन्द्र)का उमेदवार रेनु दाहालको अग्रता निरन्तर घट्दै गएको छ ।
वडा–१ को पूरा सकाएर वडा नम्बर–२ को मतगणना भइरहँदा नेकपा (एमाले)का उमदेवार विजय सुवेदीले मतान्तर घटाउँदै लगेका छन् । सुवेदीभन्दा रेनु ४६ मतले मात्रै अगाडि छिन् ।
हालसम्म ५५ सय ७७ मत गन्दा रेनुले १९ सय ६७ मत पाएकी छन् । एमालेका सुवेदीले १९ सय २१ मत ल्याएका छन् । स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ६४६ मत पाएका छन् ।
यसअघि, वडा नम्बर–१ को मतगणना सकिँदा दाहालले एक हजार १३८ मत पाएकी थिइन् । सुवेदीले एक हजार १५ मत पाएका थिए । स्वतन्त्र उमेदवार पौडेलले ४२६ मत ल्याएका थिए ।







