काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रता कायम गरेका छन् ।
हालसम्मको मतपरिणाम अनुसार बालेनले २ हजार २३८ मत पाएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले १ हजार २१९ र गठबन्धनकी साझा उम्मेदवार कांग्रेसकी सिर्जना श्रेष्ठले १ हजार ८१ मत पाएकी छन् ।
चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनका तर्फबाट प्रमुख पदमा नेकपा (माओवादी केन्द्र)का उमेदवार रेनु दाहालले अग्रता कायमै राखेकी छन् । वडा नम्बर–१ को मतगणना सकिँदा दाहालले एक हजार १३८ मत प्राप्त गरेकी छन् ।
उनलाई पछ्याइरहेका नेकपा (एमाले)का उमेदवार विजय सुवेदीले एक हजार ०१५ मत पाएका छन् ।
स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ४२६ मत ल्याएका छन् । अहिले वडा नम्बर–२ को मतगणना सुरु भएको छ ।







