झापाको दमक नगरपालिका वडा नम्बर–१ मा नेकपा (एमाले)का उमेदवार विजयी भएका छन् । त्यहाँ अघिल्लो चुनावमा राप्रपाका उमेदवार विजयी भएका थिए ।
योपटक एमालेका हरि न्यौपानेले सत्ता गठबन्धनका तर्फबाट राप्रपाका उमेदवारलाई पराजित गरेका हुन् । वडा नम्बर–१ मा सबै पदमा एमालेका उमेदवार विजयी भएका हुन् ।
खसेका कुल तीन हजार ९४१ मतमध्ये वडाध्यक्षमा न्यौपानेले एक हजार ६८६ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी राप्रपाका उमेदवार ताराप्रसाद अधिकारीले एक हजार ६२४ मत ल्याए ।
दैलेखको नौमुले गाउँपालिकाको अध्यक्ष माओवादी केन्द्रले जितेको छ । कांग्रेसका भले बुढामगरलाई परास्त गर्दै माओवादीका छवि सुवेदी त्यहाँ विजयी भएका हुन् ।
माओवादीका सुवेदीले कांग्रेसका बुढामगरलाई ६५६ मतले पछि पार्दै जित निकालेका हुन् ।
सुवेदीले ३२०० मत हासिल गर्दा उनका निकटतम प्रतिद्वन्द्वी बुढामगर २५४४ मतमा रोकिए । तेस्रो स्थानमा सीमित एमालेका शशिराम विश्वकर्माले १९२० मत हासिल गरेका छन् ।
उपाध्यक्षमा एकीकृत समाजवादीका गंगबहादुर शाही विजयी भएका छन् । कांग्रेसकी अमृता सिंहलाई पराजित गर्दै शाही विजयी भएकी हुन् । शाहीले २८४३ मतका साथ जित दर्ता गराउँदा सिंह २४०४ मतमा रोकिइन् । एमालेकी उपाध्यक्ष उम्मेदवारले तेस्रो स्थानमा रहिन् । उनले हासिल गरेको मत १९१८ छ ।
गुल्मीको गुल्मीदरवार गाउँपालिका कांग्रेसले जितेको छ । नेपाली कांग्रेसले अध्यक्ष र उपाध्यक्ष दुवै पद जितेको हो ।
गाउँपालिकाको अध्यक्षमा सरोज थापा निर्वाचित भएका छन् । उनले ६ हजार १६६ मत प्राप्त गरे । उनकी प्रतिष्पर्धी एमालेका कृष्ण भुसालले ५ हजार ६०२ मत प्राप्त गरे ।
यता, उपाध्यक्षतर्फ कांग्रेस उमेदवार तारा थापा विजयी भइन् । उनले ६१८८ मत प्राप्त गर्दा एमाले उमेदवार सुशिलाा पुनले ५ हजार ५८९ मत प्राप्त गरिन् । ७ वटा वडामध्ये ४ वटा वडामा नेपाली कांग्रेस र ३ वटा वडामा नेकपा एमाले विजयी भयो ।







