गैंडाकोट नगरपालिका वडा नं. १ मा नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षमा सुरेन्द्र प्रसाद रेग्मी विजयी भएका छन् । रेग्मीसहित कांग्रेसको प्यानल नै विजयी भएको छ ।
ललितपुर महानगरपालिकाको मतगणना जारी रहेको छ । प्रारम्भिक मतगणनाअनुसार गठबन्धनको तर्फबाट उम्मेदवार बनेका काँग्रेस नेता चिरीबाबु महर्जनले मेयर पदमा झण्डै दोब्बरको अग्रता बनाएका छन् ।
६०० मत गन्दा उनले ३२६ मत पाएका छन् भने एमालेका हरिकृष्ण व्यञ्जनकारले मात्र १८१ मत पाएका छन्
काठमाडौं बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १ मा एमालेका सुरेन्द्र लामा निर्वाचित भएका छन् । लामा ८४५ मतसहित निर्वाचित भएका हुन् ।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार उत्तमकुमार खड्काले ४७३ मत ल्याए । त्यस्तै, नेकपा (एकीकृत समाजवादी)का श्याम तामाङले ५९ र माओवादी केन्द्रकी ललिता श्रेष्ठले २२ मत ल्याएकी थिइन् ।
पाँचथरको कुम्मायक गाउँपालिका वडा नं. १ को वडाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा)का देवेन्द्रकुमार लावती विजयी भएका छन् । उनी गठबन्धनको तर्फका उम्मेदवार हुन् ।लावतीले स्वतन्त्र उम्मेदवार टंक पौडेललाई पछि पारेका हुन् । यस्तै, नेकपा (एमाले)का सन्तोष लावती भने तेस्रो मात्र भए ।







