काठमाडौं महानगरपालिकामा मतगणना जारी रहेको छ । शनिबार बिहान ९ बजेबाट सुरु भएको मतगणना राति पनि जारी रहेको छ ।
मतगणना अनुसार स्वतन्त्रतर्फका उम्मेदवार बालेन शाहले अग्रता बनाइरहेका छन् ।
उनले ७४७ मत पाएका छन् । उनलाई नेकपा एमालेबाट मेयर पदका उम्मेदवार केशव स्थापितले ५४४ मतसहित पछ्याइरहेका छन् । नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३९७ मत पाएकी छन् ।
भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उम्मेदवार रेणु दहालले एमाले उम्मेदवार विजय सुवेदीलाई ७० मतले पछि पारेकी छिन ।
भरतपुरको ९५० मत गणना हुँदा दाहालको पक्षमा ३७४ मत आएको छ । एमालेका उम्मेदवार विजय सुवेदीको पक्षमा भने ३०४ मत आएको छ ।







