जुम्लाका ८ स्थानीय तहमा ६० वडा रहेका छन् । अहिलेसम्म भएको मतगणना अनुसार जुम्लामा नेपाली कांग्रेसले ४ वडामा जित हासिल गरेको छ ।
यस्तै नेकपा एमालेका उम्मेदवार ३ वडामा विजयी भएका छन् । तातोपानी गाउँपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसबाट कर्णबहादुर कठायत विजयी भएका छन् । उनी ३४२ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित भएका छन् । वडाध्यक्षका प्रत्याशी माओवादी केन्द्रका लोकबहादुर कठायतले २३९ मत गरेका थिए ।
यस्तै हिमा गाउँपालिका-१ मा वडाध्यक्षका उम्मेदवार कांग्रेसका रतनबहादुर शाही विजयी भएका छन् । सिंजा गाउँपालिका-१ मा कांग्रेसका हरिनन्द आचार्य विजयी भएका छन् ।
चन्दननाथ नगरपालिका-१ मा कांग्रेसका तिलकप्रसाद न्यौपाने ३०४ मत प्राप्त गर्दै विजयी भएको मुख्य निर्वाचन अधिकृत ज्वाहरप्रसाद सिंहले बताए । वडाध्यक्षका प्रत्याशी माओवादीका राजबहादुर भक्तले २४५ मत प्राप्त गरेका छन् ।
तिला गाउँपालिका-१ मा माओवादीका जगतबहादुर बस्नेतको प्यानल विजयी भएको छ । उनले ३४६ मत प्राप्त गरेका छन् । कनकासुन्दरी गाउँपालिका(१ मा माओवादीका भीम भण्डारी ३४६ मत प्राप्त गर्दै विजयी भएका छन् ।
त्यस्तै पातारासी गाउँपालिका(१ मा वडाध्यक्षका उम्मेदवार माओवादीका लालसिंह ऐडी विजयी भएका छन् ।
रोल्पा नगरपालिका वडा नं २ को वडाअध्यक्षमा नेकपा माओवादी केन्द्रका प्रकाश डाँगी विजयी भएका छन्।
मतगणनाका क्रममा डाँगी र नेपाली कांग्रेसका देउचन घर्तीमगर दुवैले बराबर ५४३ मत ल्याएका थिए। दुवैको बराबर मत आएपछि गोलाप्रथा भएको थियो। गोलाप्रथाबाट डाँगी वडाअध्यक्षमा निर्वाचित भएका हुन्।
मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नं १ मा नेपाली कांग्रेसका शुवास थापा मगरले ७ सय ५३ मत प्राप्त गरि विजयी भएका छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राजु बस्नेतले ५ सय ९४ मत प्राप्त गरे।
यस्तै वडा सदस्यहरूमा नेपाली कांग्रेसका तर्फबाट मनकृष्ण थापामगर, बुद्ध घिसिङ ,गोमा लामा विजयी भएका छन् भने दलिततर्फ सदस्यमा नेकपा एमालेका तर्फबाट लक्ष्मी दमाई सर्वसम्मत भएकी हुन्।







