काठमाडौं- काठमाडौं महानगरपालिकाको मतगणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन्।
हालसम्म गणना गरिएको दुई सय मतमा उनले ५२ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ४३ र नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले ४१ मत प्राप्त गरेका छन्।
अहिले काठमाडौं महानगरपालिकाको वडा नं १ र ३२ को मतगणना भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
Comments
Source:
Smart Akshyar Media







