दाङको राप्ती गाउँपालिका वडा नम्बर ९ मा माओवादी केन्द्रका उम्मेदवार विजय भएका छन् ।
रिमबहादुर सुनारी मगरले ३५८ मत प्राप्त गरि बिजय भएको बताइएको छ । जम्मा ७१४ मत खसेको थियो । सुनारीले ३५८ मत प्राप्त गरेका छन् ।
नुवाकोटको म्यागङ गाँउपालिका वडा नं १ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ। यही वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा सो वडा को वडाध्यक्ष पदमा जिमाबहादुर तामाङ ९४ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतले सूर्यदर्शन पण्डितले जानकारी दिए।
खोटाङको केपिलासगढी गाउँपालिकामा मत गणना जारी छ । केपिलासगढी गाउँपालिका-१ फेदीबाट गणना सुरु भएको हो ।
हालसम्म एमालेका अध्यक्षका उम्मेदवार कृष्णकुमार राईले १३१, कांग्रेसका अध्यक्षका उम्मेदवारले समिर राईले १०० र नेकपा एकीकृत समाजवादीका माइतीरात राईले ४२ मत प्राप्त गरेको निर्वाचन अधिकृत राजकुमार राईले जानकारी दिए
काठमाडौंको कीर्तिपुर नगरपालिकामा मेयरका लागि १ हजार मत गणना हुँदा नेपाली काग्रेसले अग्रता लिएको छ।
मुख्य निर्वाचन अधिकृत कमला घिमिरेका अनुसार शनिबार रातिदेखि नै मतगणना सुरू भएको थियो।
अहिलेसम्मको मतगणनामा कांग्रेसका मेयर उम्मेदवार राजकुमार नकर्मीले ४२७ भने एमालेका केशरत्न बज्राचार्यले २८० मत पाएका छन्। माओवादी केन्द्रका शिवशरण महर्जनले ११७ र एकीकृत समाजवादीका बटुककृष्ण थापाले २२ मत पाएका छन्।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा ५ सय मत गणना हुँदा एमालेले अग्रता लिएको छ ।
५सय गणना हुँदा नगरप्रमुख पदमा एमाले २६१ नगरप्रमुख पदमा कांग्रेस २२८, नगर उपप्रमुख पदमा सूर्य २४९ नगर उपप्रमुख पदमा हसिया हतौडा २२७ रहेको छ । त्यसैगरी पाणिनि गाउँपालिका नेपाली कांग्रेसले अग्रता लिएको छ ।







