मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । शनिबार बिहान सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार
एमालेका छोम्पेल विष्ट ६८९ मतका साथ विजयी भएका हुन् ।
काभ्रेको बनेपा नगरपालिकामा नेकपा एमालेले सुरूआती अग्रता लिएको छ। शनिबार बिहानबाट सुरू भएको मतगणनामा एमालेका मेयर उम्मेदवार रत्नकुश रञ्जितकारले १६३ मतका साथ अग्रता लिइरहेका छन्।
बुटवल उपमहानगरपालिकामा अहिलेसम्म ३०० मत गणना भएको छ। पछिल्लो विवरण अनुसार मेयरमा कांग्रेसका खेलराज पाण्डेले सुरुवाती अग्रता लिएका छन्। उनले १३० मत ल्याएका छन्।
परिणाम अनुसार बुटवलमा राष्ट्रिय प्रजातन्त्र पार्टी दोस्रो स्थानमा छ। राप्रपाका मृगेन्द्रकुमार शेरचनले ६६ मत ल्याएका छन्। तेस्रो स्थानमा एमाले छ। एमालेका बाबुराम भट्टराईले ४५ मत पाएका छन्। बुटवलको वडा नम्बर १ बाट मतगणना सुरु भएको हो। बुटवलमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन छ।
बैतडीको सुर्नया गाउँपालिका १ मा नेकपा एमाले विजयी भएको छ। एमालेका वडा अध्यक्षका उम्मेदवार धन बहादुर चन्दसहित प्यानलै विजयी भएको हो।
एमालेका उम्मेदवार चन्दले १५५ मत ल्याएर विजयी भएका हुन्। कांग्रेसका उम्मेदवारले ११५ मत प्राप्त गरेका छन्। सदस्यहरूमा पनि एमाले नै विजयी भएको छ।
मोरङका ११ स्थानीय तहमा मतगणना शुरु भएको छ। कुल १७ मध्ये ११ स्थानीय तहमा मतगणना शुरु भएको हो ।
मोरङको बेलबारी, उर्लाबारी, रंगेली र सुनवर्षी नगरपालिकामा मतगणना सुरु भएको छ भने गाउँपालिकातर्फ जहदा, धनपालथान, ग्रामथान,कटहरी, कानेपोखरी र मिक्लाजुङमा गणना शुरु भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए ।
गुल्मीको रेसुङ्गा नगरपालिका वडा नं २ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । वडाध्यक्षमा हिराबहादुर थापा ४८२ मतसहित विजयी भएका हुन्।
खोटाङको रावाबेँसी गाउँपालिकामा राति १ बजेदेखि मत गणना जारी छ। २०० मत गणना सकिँदा कांग्रेस अगाडि छ। अध्यक्षमा कांग्रेस उम्मेदवार फटिककुमार श्रेष्ठले ९७ मत पाउँदा उनका प्रतिस्पर्धी एमालेका हरिकुमरा पाेखरेलले ६८ मत पाएका छन्।
कपिलवस्तुको शिवराज नगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार अगाडि देखिएका छन् ।
सार्वजनिक प्रारम्भिक मत परिणाममा राप्रपाका मेयर उम्मेदवारले २३४ मत पाएका छन् । राप्रपालाई नजिकबाट पछ्याइरहेका एमाले उम्मेदवारको २११ र कांग्रेसको ३४ मत छ ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगरसमेत रहेको झापाको दमक नगरपालिकामा एमालेले सुरूआती अग्रता लिएको छ।
दमक–१ को २ सय मत गणना हुँदा मेयरमा एमालेकी गिता अधिकारीले ९६ मत प्राप्त गरेकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी राप्रापका राम थापाले ७९ मत प्राप्त गरेका छ । थापालाई गठबन्धनले साथ दिएको छ।







