काठमाडौं– तनहुँको व्यास नगरपालिकाको मेयर उम्मेदवार रहेका कांग्रेस नेता गोविन्दराज जोशीका पुत्र दीपकराज जोशी कुटिएका छन् ।
कुटपिटबाट जोशीको टाउकोमा चोट लागेको छ ।तनहुँकै रिस्तीमा उनीमाथि आक्रमण भएको हो । उनीमाथि कांग्रेस कार्यकर्ताले आक्रमण गरेको बताइएको छ ।
जोशीले रिस्तीमा रहेको एउटा मतदान केन्द्रमा मतपत्र च्यातेको आरोप छ । त्यसपछि आक्रमण भएको थियो । जोशीको टाउकोमा चोट लागेको छ ।
दीपकराज जोशीका बुबा गोविन्दराज जोशीले दिएको जानकारीअनुसार अहिले घाइतेलाई अस्पताल लैजाने तयारी भइरहेको छ ।
रिस्ती कांग्रेस नेता रामचन्द्र पौडेलको गाउँ हो ।
उनी स्वतन्त्र रूपमा ब्यास नगरपालिकाको मेयरको प्रतिस्पर्धामा उत्रिएका छन् । उनलाई एमालेले भने साथ दिएको छ ।







