काठमाडौं – बाजुराको बुढीनन्दा नगरपालिका वडा नं ८ र ३ मा झडप हुँदा मतदान स्थगित भएको छ ।
निर्वाचन आयोगको जोइन्ट इलेक्सन सेन्टरले जनाएअनुसार झगडा कुन पक्षबीच भएको भन्नेबारे यकिन भइसकेको छैन ।
मतदान सुचारु गराउन अहिले सर्वदलीय बैठक बसिरहेको छ ।
सिन्धुपाल्चोकको मेलम्ची–४ मा अशक्त र अपांगता भएका व्यक्तिहरुलाई आफन्तले नभई दलका प्रतिनिधिहरुले मतदान गर्न सघाएपछि केहीबेर तनाव भएको छ ।
मेलम्ची नगरपालिकाको ज्यामिरेमा रहेको स्वास्थ्य चौकीको बुथमा ठेलमठेल भएपछि नेपाली सेनाले स्थिति नियन्त्रणमा लिएको थियो । नेपाली सेनाले हतियार तेर्स्याएको तस्वीरमा देखिन्छ ।







